भदौमा ८ नेपाली चलचित्र प्रदर्शन हुने


काठमाडौं। आगामी भदौ महिना नेपाली चलचित्र उद्योगका लागि विशेष हुने देखिएको छ। विभिन्न विधा र कथावस्तुमा बनेका ८ वटा चलचित्र यो महिनाभर प्रदर्शनमा आउने भएका छन्।

भदौ ६ गते तीन महत्वाकांक्षी चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ रिलिज हुँदैछन्। त्यसपछि भदौ १२ गते ठुलो आशा बोकेको चलचित्र ‘कोशेढुंगा’ प्रदर्शनमा आउनेछ। भदौ १३ गते अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाइसकेको चलचित्र ‘गुन्युचोलो’ दर्शकमाझ आउनेछ।

भदौ २० गते अर्को विशेष र प्रतीक्षित चलचित्र ‘रिमै’ र ‘चिठी’ एकसाथ प्रदर्शन हुनेछन्। महिनाको अन्त्यतिर, भदौ २७ गते, धमाका मच्चाउने अपेक्षामा रहेको चलचित्र ‘अभिमन्यु’ रिलिज हुनेछ।

चलचित्र निर्माण तथा वितरण क्षेत्रका जानकारका अनुसार भदौ महिना बक्सअफिसमा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ।

यस्ता छन् ८ नेपाली चलचित्रका पोस्टर







Copyright © 2012 - 2026 | All Right Reserved.