निर्देशक हिरो चंखे शंखे पंखे निर्माण घोषणा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पहिलो चलचित्र ‘मेरो एउटा साथी छ’ बाट राम्रो तारिफ पाएका निर्देशक सुदर्शन थापाको छैठौं चलचित्र ‘चंखे शंखे पंखे’ निर्देशनको घोषणा मंगलवार एक औपचारिक कार्यक्रमका बीच गरेका छन्। चलचित्रमा उनी आफै पनि मुख्य कलाकार भएर देखिनेछन्। कमेडी फर्मुलामा रहेर राष्ट्र प्रेम झल्कने गरी निर्माण हुन लागेको उक्त चलचित्रमा पंखे क्यारेक्टरमा सुर्दशन थापा देखिने छन् भने चंखेको रोलमा हिरो सुवास थापा र शंखेको भूमिकामा नव कलाकार प्रेम पुरी देखिनेछन्।
Chankhe-pankhe-shankhe नायिका नन्दिता केसी र पूजा शर्मा रहने यस चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, श्याम राई, ध्रुव कोइराला र रबिन्द्र खड्का पनि मुख्य भूमिकामा रहने बताईएको छ। यहि बिहिवार देखि छायाँकन सुरु हुने चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन्। संगीतकार तारा प्रकाश लिम्बुको ३ वटा गीत रहने उक्त चलचित्रमा गोविन्द राईले नृत्य निर्देशन गर्दैछन् भने द्धन्द अष्ट महर्जनको रहने छ। चलचित्रलाई नयाँ निर्माता सन्तोष सेन ठकुरीको कम्पनी आसुसेन फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.