केदार घिमिरेको फिल्म ‘माग्ने राजा’ ट्रेलर सार्वजनिक


काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य  भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्मपनि हो । ट्रेलरको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् ।

फिल्लमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई र शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । फिल्मको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।  फिल्लमा माग्ने राजालाई धनाढ्य र सामान्य वर्ग दुवै भेषमा देखाइएको छ । बिना मिहेनत पैसा कमाउन नहुने सन्देश यस फिल्ममा दिन खोजीएको छ । फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउदैँछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.