नेपाली लोक संगीतको नयाँ गुञ्जन: ‘Echos of Himalaya’ कार्यक्रम हुँदै


काठमाडौं। नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘Echos of Himalaya’ नामक विशेष सांगीतिक कार्यक्रम साउन २३ गते साँझ नेपाल पर्यटन बोर्ड, काठमाडौंमा आयोजना हुँदैछ।

कासा ब्याण्डको आयोजनामा हुन लागेको यस कार्यक्रमले नेपाली लोक धुन, वाद्ययन्त्र, जातीय विविधता र सांस्कृतिक परम्परालाई समेट्दै नेपाली पहिचानको साङ्गीतिक आवाज बुलन्द गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमको नेतृत्व गायिका अश्मिता परियारले लिएकी छन्, जसको गायन र संगीत संयोजनले परम्परा र आधुनिकतालाई सन्तुलनमा राख्दै नयाँ पुस्तालाई लोकसंगीतप्रति अभिरुचि बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा इन्दिरा लछिमासु, अनु गान्धारी, डोमा शेर्पा, माला वाइबा, विष्णु देवलगायत विभिन्न जातीय पृष्ठभूमिका महिला र युवा कलाकारहरूको उल्लेखनीय सहभागिता रहनेछ।

सांस्कृतिक विविधता, महिला सशक्तीकरण र संगीतमार्फत सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यो प्रस्तुति नेपाली लोक संगीतको संरक्षणमा एक महत्वपूर्ण पाइला हुने विश्वास गरिएको छ। “Echos of Himalaya” कार्यक्रम केवल एक सांगीतिक प्रस्तुति मात्र होइन, यो एक सांस्कृतिक आन्दोलन हो, जसले हराउँदै गएका परम्परागत धुन, वाद्ययन्त्र, र लोकसंवेदनालाई नयाँ जीवन दिने प्रयत्न गरिरहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.