काठमाडौं। फिल्म मेकर्स प्रा.लिको व्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’को बुकिङ देशभरका मुख्य मल्टिप्लेक्सहरुले खुलाएका छन् ।केही हलले मंगलबार नै बुकिङ खुलाएका हुन् भने केही हलहरुले आजबाट बुकिङ खुलाएका छन् ।
अझै थुप्रै मल्टिप्लेक्सले शोज खुलाउन बाँकी नै रहेकाले फिल्मले सुखद शोज पाउने देखिएको छ ।


