चलचित्र कलाकार संघद्वारा विकास बोर्ड तथा जाँचपास समितिका सदस्यलाई बधाई तथा सम्मान


काठमाडौँ। चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्यहरू तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यहरूलाई एक औपचारिक समारोहमार्फत बधाई तथा सम्मान प्रदान गरेको छ।

संघले चलचित्र विकास बोर्डका सदस्य सन्तोष बाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर गिरी र भीमा मैनालीलाई सम्मानित गरेको हो।

समारोहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, संघका सल्लाहकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सबिन श्रेष्ठलगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष निरौलाले भने, “चलचित्र कलाकार संघले नियमित रूपमा बोर्ड तथा समितिका पदाधिकारीहरूलाई बधाई र सम्मान गर्ने परम्परा कायम राखेको छ। यस किसिमको सम्मानले उनीहरूलाई अझ प्रेरणा र ऊर्जा प्रदान गर्छ। चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डीसीको नेतृत्वपछि उल्लेखनीय कामहरू भएका छन्, आगामी दिनमा अझ प्रभावकारी कार्यहरू होउन् भन्ने हाम्रो अपेक्षा छ।”

Copyright © 2012 - 2026 | All Right Reserved.