५६ दिनमै सम्पन्न भयो ‘परिवर्तन’ चलचित्रको छायाङ्कन


काठमाडौ । चलचित्र ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ। अब एक राष्ट्रिय र एक लोकगीतको छायाङ्कन मात्र बाँकी रहेको निर्माता दीपक सिवाकोटीले जनाएका छन्।

विजय केरुङको निर्देशनमा बनेको चलचित्र झापाको बुद्धशान्ति, कचनकवल, भद्रपुर, अर्जुनधारा, बिर्तामोड, मेचीनगरदेखि विराटनगरसम्म छायाङ्कन गरिएको हो।

सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन्। अन्य कलाकारमा करिश्मा मानन्धर, बुद्धि तामाङ, गौतम तिवारी, आशा पौडेललगायत छन्।

‘दिव्यासी फिल्म्स’को ब्यानरमा बनेको चलचित्रले सीमा सुरक्षा, भ्रष्टाचार र पीडित जनताको कथा बोकेको छ।

निर्माता सिवाकोटीले मूल कथा लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्। चलचित्र यो वर्षभित्रै प्रदर्शनमा आउने लक्ष्य छ।

Copyright © 2012 - 2026 | All Right Reserved.