‘मोहर’ लाई पीजी सर्टिफिकेट, देश दौडाहामा पल शाह


काठमाडौं। साउन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘मोहर’ अहिले प्रचारप्रसारको चहलपहलमा छ। मुख्य अभिनेता पल शाह देशका विभिन्न शहरमा पुगेर चलचित्रको प्रचारमा सक्रिय भएका छन्।

हालै उनी चितवन पुगेका थिए, जहाँ म्याङ्गो हललगायतका विभिन्न कार्यक्रममार्फत उनले दर्शकसँग प्रत्यक्ष भेटघाट गरे। पर्सामा आयोजित एक कार्यक्रममा त पलले दर्शकसँगै गीतमा नाचेका पनि थिए।

शाहसँगै गायक थानेश्वर गौतमले पनि दर्शकहरूलाई ‘मोहर’ हेर्न आह्वान गरेका थिए। चितवनका दर्शकले ट्रेलर र गीतमार्फत चलचित्रले राम्रो प्रभाव पारेको प्रतिक्रिया दिएका छन्। त्यस अवसरमा पलले दर्शकहरुसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटे।

चितवनपछि शाहको टोली पोखरा पुग्ने तालिकामा छ, जहाँ पनि उनले दर्शकहरूसँग गीतमा नाच्ने र संवाद गर्ने कार्यक्रम तय गरिएको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण भएको हो। निर्माता चुम्बन जंग शाही रहेको चलचित्रमा पल शाह सँगै नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, र रविन्द्र झा लगायतको अभिनय रहेको छ।

देउकी प्रथालाई कथाको आधार बनाइएको फिल्म ‘मोहर’ ले पीजी सर्टिफिकेट पाएको छ। अर्थात्, १६ वर्षमुनिका बालबालिकाले अभिभावकको साथमा मात्रै यो चलचित्र हेर्न पाउने छन्।

चलचित्रको ट्रेलर, गीत तथा पोस्टरले दर्शकमाझ राम्रो छवि बनाइसकेकाले बक्स अफिसमा ‘मोहर’ ले उत्साहजनक सुरुवात गर्ने अपेक्षा गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.