काठमाडौँ। आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ताराहरूको नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन् ।
यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएकोमा यो फाइनल पोस्टर हो ।
अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ ।


