जीवन र निताको भुल भुलैया चैत्र १३ गते बाट


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र “नोटबुक” निर्देशन गरेका निर्देशक योगेश घिमिरेले पछिल्लो पटक निर्देशन गरेको नेपाली कथानक चलचित्र “भुल भुलैया” को सोमबार पोस्टर तथा प्रदर्शन मिति सार्बजानिक गरिएको छ। आगामी चैत्र १३ गते लाई आफ्नो प्रदर्शन मिति तय गर्दै चलचित्रको युनिटले फस्ट लुक सार्बजनिक गरेको हो। पोस्टरमा चलचित्रका मुख्य कलाकार नायक जीवन लुइंटेल, शोहित मानन्धर र नायिका निता ढुंगाना लाई देख्न सकिन्छ।
Bhulbhulaia-posterआरुष इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र भूल भुलैयालाई दिनेशकुमार पोख्रेलले निर्माण गरेका हुन्। जसमा निरज ढकाल,सुशील कार्की,सुरेश गौतम र मणिराज दाहालले निर्माण सहयोग गरेका छन। चलचित्रमा जीवन लुईँटेल,नीता ढुंगाना, सोहित मानन्धर,देशभक्त खनाल,मोहन निरौला लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। चलचित्रमा बसन्त सापकोटाको संगीत,शिवम् अधिकारीको लेखन तथा बनिष शाहको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.