लघु चलचित्र द स्टेन्ज चाइल्ड अफ रुलर भिलेजको प्रथम प्रदर्शनी


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Strange-child-of-rural-villageनेपाल कै कान्छी बालकलाकार एनी भट्टराईको शिर्ष भुमिकामा निर्मित चेतनामुलक लघु चलचित्र ‘द स्टेन्ज चाइल्ड अफ रुलर भिलेजको प्रथम प्रदर्शन तथा प्रचार सामाग्री सार्वजनिक एक विशेष समारोहमा बीच गरिएको छ। ग्रामिण क्षेत्रका बालबालिकाहरुको कथामा आधारित ‘द स्ट्रेन्ज चाइल्ड अफ रुलर भिलेज’मा ग्रामिण क्षेत्रका बालबालिकाहरु पवित्र र सहयोगी भावनाका हुन्छन् भन्ने दर्साइएको छ। अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागिता जनाउँनका लागि तयार गरिएको यो चलचित्रको छायाङ्कन काठमाडौंमा भएको हो। ‘द स्ट्रेन्ज चाइल्ड अफ रुलर भिलेज’ चलचित्रमा एनीको अलावा निलम भट्टराई, कुशुम गुरुङ, ज्ञानबहादुर शाही, राजकुमार सुवेदी लगायतको प्रमुख एवम् शसक्त भूमिका रहेको छ। यसका निर्माता आरुसी भट्टराई रहेकी छन् भने चलचित्रका निर्देशक सन्तोष ढकाल हुन्। नेपालकै कान्छी कलाकार एनी भट्टराईलाई एक ग्रामिण क्षेत्रको बालिकाका रुपमा प्रस्तुत गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.