काठमाडौँ। समानुभूति र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै, चर्चित हास्य कलाकार केदारप्रसाद घिमिरे ’माग्ने बुढा’ ले गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी एमस नेपाल इन्टरनेशनल २०२३ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन्।
घिमिरेले सीता हाल उपचाररत रहेको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगी, उनीसँग प्रत्यक्ष भेट गरेर सहयोग रकम प्रदान गरेका हुन्। यस अवसरमा एमस नेपाल इन्टरनेशनल प्रतियोगिताका आयोजक निशुकान्त झा पनि सहभागी थिए।
‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो। मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस्’ घिमिरेको भनाई थियो। उनले यस संकटको घडीमा अन्य व्यक्तिलाई पनि सहयोगमा जुट्न आग्रह गरे। एमस नेपाल इन्टरनेशनलका तर्फबाट आयोजक झाले कलाकार घिमिरेद्वारा प्रदान गरिएको आत्मीय सहयोग सद्भावना र प्रेरणादायी रहेको बताए। हास्य कलकार घिमिरेले केही अघि ललितपुरमा आयोजित नयाँ संस्करणको मिसेस नेपाल आयोजनाको घोषणाका क्रममा क्रममा एमस नेपाल इन्टरनेशनल सुवेदीलाई ५० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका थिए।
विगत केही समयदेखि फोक्सोको क्यान्सरको उपचारमा रहेकी सीताले २०२३ मा एमस नेपाल इन्टरनेशनलको ताज जितेकी थिइन्। सामाजिक क्षेत्रमा पनि क्रियाशील रहँदै आएकी सीता हाल विश्रामका साथै औषधोपचारमा रहेकी छन्।
काठमाडौँ । चलचित्र विकास बोर्डद्वारा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका चलचित्र घरहरूका लागि आयोजना गरिएको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आज मिति २०८२ साल पौष २८ र २९ गते सञ्चालन गरिएको...
काठमाडौँ । फिल्म ‘परान’ले आज आफ्नो प्रदर्शनको ७५ औं दिन पुरा गरेको छ । सोहि अवसरमा निर्माण टिमले अब केहिदिनका लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ । ‘परान फिल्म हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५...
काठमाडौं। नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। हालै काठमाडौंमा उनले हिन्दी फिचर फिल्म ‘रिमझिम गिरे सावन’ मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता...
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक ट्रेलरमार्फत चलचित्रले दर्शकमाझ भावनात्मक प्रभाव छाड्न थालेको छ, जहाँ अभिनेता दयाहाङ राईसँगै एक बाल...
काठमाडौँ। बंगलादेशको बोगरा शहरमा सम्पन्न ‘छैटौं बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली लघु चलचित्र द चेन्ज (परिवर्तन) र नेपाली बृत्तचित्र ‘तान्त्रिक डान्स’ पुरस्कृत भएको छ । महोत्सवमा ३२ देशका ७४ चलचित्रहरू सहभागी थिए ।...
काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माणाधीन चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना लगाएर चलचित्रको मुख्य भाग...