नीताको ‘सुख दु:ख’ मा मिथिलापछि मदनकृष्ण


काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो।

गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिला बाहेक चलचित्रको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन।

यसअघि यो फिल्मको छायांकनका लागि भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित भइसकेका छन्। नीता ढुंगानाको डेब्यु निर्देशन रहने चलचित्र ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो चलचित्र २०८३ सालको दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो चलचित्रको वितरण अधिकार उपत्यका बाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.