‘परालको आगो’मा जितु बाहिरिए, सौगात मल्ल अनुबन्धित


काठमाडौं। कथाकार गुरु प्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित नयाँ चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चलचित्रका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात फिल्ममा **मुख्य पात्र ‘जुठे दमाई’**को भूमिकामा देखिनेछन्।

सौगात मल्लको आगमनसँगै चलचित्रको मुख्य कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ। निर्माता सुशील पोखरेलको लगानीमा बन्ने फिल्ममा सौगातसँगै प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेले अभिनय गर्ने पक्का भइसकेको छ।

चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् भने छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ। छायांकनको जिम्मेवारी संकल्प भुजेलले लिनेछन्।

यस फिल्मका नृत्य निर्देशक रामजी लामिछाने, लेखक सुशील देवकोटा, र प्रोडक्सन म्यानेजर नगेन्द्र घिमिरे रहेका छन्।

गुरु प्रसाद मैनालीको कथा संग्रह ‘नासो’मा समावेश यस कथामा आधारित भएर ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि ‘परालको आगो’मा फिल्म निर्माण गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.