ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ को नयाँ गीत रेकर्ड


काठमाडौं।  ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा बन्ने नेपाली फिल्म ‘झिँगेदाउ २’ को गीत रेकर्डिङ्ग सम्पन्न भएको छ। बुधबार चर्चित गायिका शान्तिश्री परियार र गायक बसन्त थापाको स्वरमा गीत ‘आजलाई नाई नभन’ रेकर्ड गरिएको निर्माण टिमले जनाएको छ।

गायक थापाले ‘छ माया छपक्कै’पछि दोस्रो पटक नेपाली फिल्मको गीतमा पाश्र्व गायन गरेका हुन्। यस गीतका शब्द, संगीत र एरेञ्ज संगीतकार अर्जुन पोखरेलले गरेका छन्। यो गीतमा गायक थापा र संगीतकार पोखरेलको पहिलो सहकार्य पनि हो।

गायिका परियार, निर्देशक देउजा र संगीतकार पोखरेलले अघिल्लो फिल्म ‘झिँगेदाउ’ को हिट गीत ‘आगो बिना बिँडी जल्दैन’ मा सफल सहकार्य गरेका थिए। निर्देशक देउजाले उक्त गीतको सफलता देखी ‘झिँगेदाउ २’ मा पनि गायिका परियारसँग पुनः सहकार्य गरेको बताए।

निर्माण टिमका अनुसार आगामी १० दिनभित्र फिल्मको सम्पूर्ण प्रि-प्रोडक्सन कार्य सकिनेछ र दशैं–तिहारपछि छायांकन सुरु गरिनेछ।

‘झिँगेदाउ २’ को कथा पहिलो भागकै निरन्तरता हुने निर्देशक देउजाले जानकारी दिए। फिल्ममा मुख्य भूमिका केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टसहित पहिलो भागका अधिकांश कलाकारले पुनः अभिनय गर्नेछन्। साथै एक जना नयाँ अभिनेता र एक नयाँ अभिनेत्रीलाई पनि सहभागी गराइने छ।

कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण हुने फिल्मका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। ईश्वर घिमिरे प्रोडक्सन हेड रहेका छन्। फिल्ममा विष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डी गुरुङको सम्पादन रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.