ट्रान्सवुमनको कथामा आधारित ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक


काठमाडौं। ट्रान्सवुमनको संघर्षमा आधारित नेपाली फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले लिंगीय पहिचान खोज्ने एक युवक र त्यसलाई अस्वीकार गर्ने परिवारबीचको द्वन्द्व चित्रण गरेको छ।

फिल्ममा कलाकार नाजिर हुसेनले ट्रान्सवुमनको मुख्य भूमिका निर्वाह गरेका छन्। समुन्द्र भट्ट निर्देशित यस फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा, अनुपम श्रेष्ठ, राजकुमार घोष र विशाल पहारीले समेत अभिनय गरेका छन्। ‘गुन्यु चोलो : द ड्रेस’ आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।

फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य विदेशमै सम्पन्न गरिएको छ। हलिउड गायिका लिजा जेरार्डको स्वर र मार्सेलो दी फ्रान्सिसीको ब्याकग्राउन्ड म्युजिक रहेको यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकास्थित बफेलो एट्ले कम्पनीले खरिद गरेको छ।

नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको सहकार्यमा निर्माण गरिएको यो फिल्ममा आकाश बुढाथोकी र भी–भन्से जानुबोनको लगानी रहेको छ। जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्माताका रूपमा तथा अनुपम श्रेष्ठ सह–निर्माताका रूपमा संलग्न छन्।

फिल्म अमेरिकाको तस्वीर फिल्म मार्केटमा समेत छनोट भइसकेको छ। आलोक शुक्लाले छायांकन गरेको फिल्ममा लेखु सहयात्रीको गीत समावेश गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.