विक्की अग्रवालको निर्देशनमा ‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण हुँदै


काठमाडौँ। चर्चित टेलिभिजन हास्य शोकमेडी दरबारटिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ। निर्माण टिमले आज सोमबारको दिन पारी फिल्म  ‘ का कि कीको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण बारे घोषणा गरेको हो

पोस्टरअनुसार फिल्ममा नेपाली सिने जगतका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ। त्यस्तै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकारहरूको पनि विशेष भूमिका रहनेछ।

घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, फिल्मको टाइटल र मेकिंङ टिमको जनरा अनुसार यो फिल्म पुर्ण कमेडी शैलिमा निर्माण हुनेछ ।

फिल्मको निर्देशन विक्की अग्रवाल श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्दा प्रसाई सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, बिकाश अर्याल सरोज भण्डारीको समेत लेखन रहनेछ। छायांकन निर्देशक (डीओपी) सुदिप बराल रहनेछन्। फिल्मको थिमपोस्टर रोयल भिमसेनले तयार गरेका हुन् ।

फिल्मको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन्। हाल टेलिभिजनमा निकै लोकप्रियकमेडी दरबारसञ्चालन गरिरहेको निर्देशक अग्रवालको टिमको यो पहिलो फिल्मी प्रोजेक्ट हो।

निर्देशक अग्रवालका अनुसार चलचित्रको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ। फिल्मको बजेट प्रदर्शन मिति हाल खुलाइएको छैन।  फिल्म घोषणापछि निर्देशक बिक्की अग्रवालले भने, –‘आफ्नो फिल्मी करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छु का कि कीको यस यात्रामा हामीलाई विश्वास कि सम्पूर्ण दर्शकहरूको साथ फेरि पनि प्राप्त हुनेछ। हाम्रो टिमकमेडी दरबारको एउटै उद्देश्य अब टेलिभिजनसँगै हलहरूमा पनि तपाईंहरूको हाँसो ल्याउनु हो।’ 

Copyright © 2012 - 2026 | All Right Reserved.