‘जनै हराएको मान्छे’को नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोका चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।

प्रेममा रहेका प्रेमिल जोडीहरूको कथा गीतमा छन् । दुनियाको मन जित्ने व्यक्तिहरू आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो र थिति नहुने वास्तविकतासँगै गीत सुरु हुन्छ ।

टिपिकल शब्दहरू प्रयोग गरिएको गीतमा प्रेमिकाले आफू प्रेमीका लागि योग्य रहेको बताएको छ । प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा उल्लेख छ ।

भिडियोमा ठूलो संख्यामा कोरस प्रयोग गरिएको छ । क्यारेक्टर आर्टिस्टले नाच्न जान्दैनन् भनिन्छ । तर, विजय बरालले मेहनत गरेका छन् । कोरियोग्राफीमा पनि मेहनत गर्दा भिडियो राम्रो बनेको छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको एसोसिएट निर्देशमा मनिष राउत छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो चलचित्रलाई यस वर्षको एक बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.