धरानमा सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’


काठमाडौं । श्रावण १६ गते धरान रंगशालामा सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्य: सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।

आयोजकहरूका अनुसार कार्यक्रम श्रावण १६ गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन् । यी ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई झुमाउनेछन् ।

कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन् । साथै, धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस, र दि एलाइज ब्यान्डको पनि उत्साहजनक प्रस्तुति रहनेछ । यी कलाकारहरूको उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाउने पक्का देखिन्छ ।

कार्यक्रमका आयोजक आकाश रावल भन्छन्, “त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टहरूभन्दा धेरै फरक हुनेछ । भिआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ । साथै, सम्पूर्ण कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ ।”

धरानको संगीत क्षेत्रमा निकै ठूलो अपेक्षा राखिएको यस कन्सर्टलाई लिएर स्थानीय मात्र होइन, आसपासका शहरहरूबाट पनि दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.