शिव कैलाश कला मन्दिरद्वारा उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न


काठमाडौं । शिव कैलाश कला मन्दिरको आयोजनामा चौथो संस्करणको उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। संस्था विगत लामो समयदेखि कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा क्रियाशील रहँदै आएको छ।

यस वर्ष पनि १ देखि ९ कक्षासम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित प्रतियोगितामा उपत्यकाका १३ वटा विद्यालयहरूबाट अडिसनमार्फत छानिएका ३०० जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिता साउन ४, ५ र ६ गते सम्पन्न भएको हो।

प्रतियोगिताका विधाहरू:
बिधागत नृत्य, तामाङ सेलो, कौरा, मारुनी, झ्याउरे तथा तीज गीतहरू समावेश गरिएको थियो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रमेश डगोल रहनु भएको थियो भने समापन समारोहको प्रमुख अतिथि टोखा नगरपालिकाकी उप–मेयर मुरारी तामाङ हुनुहुन्थ्यो। नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, वरिष्ठ कलाकार रश्मि भट्ट, वरिष्ठ नृत्य निर्देशक तथा नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठ, वरिष्ठ नृत्य निर्देशक आर्सी कोइराला, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, महासचिव दिपेन्द्र तिमल्सिना, सचिव लिगेश भट्टराई, निर्माता तथा नायक रोशन प्रधान, नायक दिनेश केसी, नायक पुष्कर रावत, विद्यालय प्रमुखहरु गोविन्द शर्मा (भिद्यानन्द स्कुल), हरिबंश पन्त (स्कुल निर्देशक), राजन गोतामे (गिनिज स्कुल) लगायतको उपस्थिति रहेको थियो।

केपी पौडेल, कृष्ण रसाल, सुनिल थापा, मन्दिरा सुवेदी र सोम तामाङ निर्णायकको भूमिकामा रहनु भएको थियो। प्रत्येक कक्षाबाट प्रथम, द्वितीय, तृतीय, सान्त्वना र उत्कृष्ट नृत्य गरी ५ विधामा ४५ जना विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।
स्कुलतर्फको समूह प्रतिस्पर्धामा:

पहिलो स्थान: सभ्यता पब्लिक स्कूल, रानीवन (नगद रु १०,००० र शिल्ड)

दोस्रो स्थान: मिलन धर्मस्थली स्कूल, काभ्रेस्थली (नगद रु ५,००० र शिल्ड)

तेस्रो स्थान: रेडन स्कूल, सामाखुशी (नगद रु ४,००० र शिल्ड)

बिजेता तथा उप–बिजेता विद्यालयहरू:
गिनिज स्कुल धर्मस्थली, लालिगुराँस विद्याशदन काभ्रेस्थली, क्युपिड स्कुल बानियाँटार, बिद्योदय स्कुल डल्लु, जिनियस स्कुल नयाँबजार, किड्स स्कुल सूर्यदर्शन, नभ सुन्ताखान स्कुल जोरपाटी, हेम्स स्कुल रातोपुल लगायत थिए।

कार्यक्रम शिव कैलाश कला मन्दिरका अध्यक्ष तथा नृत्य निर्देशक नारायण रिजालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रम संयोजक रोशन बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने रेनुका रिजालले व्यवस्थापन तथा युनिसा रिजालले सञ्चालनको जिम्मेवारी सम्हाल्नु भएको थियो। कार्यक्रममा सहभागी सबै विद्यालयहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरियो।

Copyright © 2012 - 2026 | All Right Reserved.