‘सिटामोल’को ट्रेलर सार्वजनिक, हास्य र व्यङ्ग्य संगै रोदन


काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले हल्काफुल्का हास्य, सामाजिक व्यङ्ग्य र गहिरो सन्देशलाई संयोजन गर्दै दर्शकको चासो तानेको छ।

ट्रेलरमा नेपाली समाजमा देखिने गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी लापरवाहीलाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरिएको छ। गाउँले परिवेशमा खिचिएको दृश्यहरूमा मुख्य पात्रहरू जीवनका सामान्य समस्यासँग संघर्ष गरिरहेका देखिन्छन्।

सौगात मल्ल र बेनिशा हमालको दमदार अभिनय, पात्रहरूको सटिक संवाद र तिखा कटाक्षले ट्रेलरलाई प्रभावशाली बनाएको छ। हास्यरसको माध्यमबाट सामाजिक चेतना जगाउने प्रयास ट्रेलरमा झल्किएको छ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, सुशील पोखरेल, काजल भुजेललगायत कलाकारको अभिनय छ। श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो।

तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा निर्देशक साने र प्रदीप भारद्धाजले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कार्की र विकास राज जोशी हुन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, र दिव्य सुवेदीको छायांकनले फिल्मको प्रवाहमा प्राविधिक पक्ष पनि सशक्त देखिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.