निर्देशक आलोक मृत अबस्थामा फेला परे


(सेलिब्रेटी नेपाल) काठमाडौँ
दर्जनौं म्युजिक भिडियो तथा ‘सानो संसार’, ‘कोहि मेरो’,र अझै पनि चलचित्रका निर्देशक आलोक नेम्बाङ झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। धापासीस्थित घरमा झुण्डिएको अवस्थामा नेम्बाङको शव फेला पारेको प्रहरीले पुष्टि गरेको छ। नेम्बाङको शव बिहिबार राति ८ बजे फेला पारिएको हो।
aalok-nemwand
चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै ख्याती कमाएका नेम्बाङ धापासीमा अपाटमेन्टमा एक्लै बस्दै आएका थिए। उनी निर्देशित चलचित्र ‘अझै पनि’ प्रदर्शनको तयारीमा रहेको छ। निर्देशक आलोकको मृत्युको कारण अझै पनि खुल्न सकेको छैन।

Copyright © 2012 - 2026 | All Right Reserved.