नेपाल इन्डिजिनियस फिल्म फेस्टिभलमा ‘सुगुप’ र ‘गाउँ आएको बाटो’ उत्कृष्ट


काठमाडौँ। स्कटल्याण्डको राजधानी एडिन्बरामा नेपाल स्कटल्याण्ड एसोसिएसन द्वारा पहिलो पटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ ।

आयोजक मध्येका एक अरुणकुमार प्रधानका अनुसार बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यतामा गत शनिवार आयोजित फेस्टिभलमा स्थानिय समुदायका नेपाली दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।

आयोजक संस्थाहरुमध्येको एक नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाल इन्डिजिनियस फिल्म फेस्टिभलको रुपमा एउटा ऐतिहासिक कार्यक्रम आयोजना गरिएको बताउँदै लघु चलचित्र, डकुमेन्ट्री तथा फिचर फिल्मका विभिन्न विधामा पुरस्कार प्राप्त गर्न सफल सबै सर्जकलाई हार्दिक वधाइ ज्ञापन गरेका छन् ।अवार्डमा सहभागी हुन नेपाल बाट जुरि प्रमुख दीपेन्द्र लामा , निर्देशक सगीता श्रेष्ठ ,क्यानडाबाट अभिनेता तथा खेलाडी राज कुमार राई , बलिउडका एक्जुकेटिभ प्रोड्युसर राजेन्द्र घिमिरे , निर्देशक प्रीतम गुरुङ, निर्माता ज्योती राज राई र बेलायतका चर्चित चलचित्रकर्मी मनिष श्रेष्ठ , बिनोद चिपालु , सनम कुमार बैराग , शशी थापा सुब्बा , सिर्जना सुब्बा विश्व प्रसिद्ध म्याराथुन धाबक सन्तोष राई लगायत तेहाका लब्ध प्रतिष्ठित ब्यक्तिहरु , सघ सस्थाका प्रतिनिधिहरु र स्कटल्यान्ड निवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेस्टिभलका विजेताहरु

सर्ट फिल्म
उत्कृष्ट सर्ट फिल्म– खिल, निर्देशकः विकास मगर
उत्कृष्ट सर्ट फिल्म जुरी अवार्डः लैलासा पराहेके, निर्देशकः विनोद पुडासैनी

डकुमेन्ट्री अवार्ड
उत्कृष्ट डकुमेन्ट्रीः एभरेष्ट मम, निर्देशकः संगीता श्रेष्ठ
उत्कृष्ट डकुमेन्ट्री जुरी अवार्डः डिभाइन डिल्लेमा, निर्देशकः केपी पाठक

आदिवासी–जनजाति फिल्म अवार्ड
उत्कृष्ट पटकथा– हेमन्त कृष्ण पाङधक, फिल्मः हाङनन्द
उत्कृष्ट अभिनेता– पूर्ण लिम्बु, फिल्मः नाम्लो
उत्कृष्ट अभिनेत्री– अशिष्मा नकर्मी, फिल्म– लाखे आजु
उत्कृष्ट निर्देशक जुरी अवार्डः सागर केरुङ, फिल्म– छे
उत्कृष्ट निर्देशक– प्रितम गुरुङ, फिल्म– मुखिया,
उत्कृष्ट फिल्म– सुगुप, निर्देशक– लोकेन सबा लिम्बु
विशेष उल्लेख अवार्ड– नाचोङ, निर्माता– ज्योति राज राई

मूलधारको फिल्म (आदिवासी विषयवस्तु)
उत्कृष्ट पटकथा– महेश राई, फिल्म– गाउँ आएको बाटो
उत्कृष्ट चरित्र अभिनेत्री– सिर्जना सुब्बा, फिल्म– अञ्जिला
उत्कृष्ट चरित्र अभिनेता– माओत्से गुरुङ, फिल्म– अञ्जिला
उत्कृष्ट नव अभिनेता– रितेश चाम्स, फिल्म– गुर्खा वारियर
उत्कृष्ट नव अभिनेत्री– सृजना निङलेखु, फिल्म– कार्साङ
उत्कृष्ट अभिनेता– दयाहाङ राई, फिल्म– गाउँ आएको बाटो
उत्कृष्ट अभिनेत्री– मिरुना मगर, फिल्म– घर ज्वाईँ
उत्कृष्ट निर्देशक– मिलन चाम्स, फिल्म– अञ्जिला
उत्कृष्ट फिल्म– गाउँ आएको बाटो

उक्त कार्यक्रममा बेलायतमा बसेर चलचित्र क्षेत्र लागायत अन्य बिधामा योगदान पुर्याउने लब्ध प्रतिष्ठित ब्यक्ति हरुलाइ सम्मानित पनि गरिएको थियो ।

सम्मानितहरुको नामहरु यस प्रकार छन :
१. बेलायत निवासी बिस्व प्रसिद्द म्यारथुन धावक – सन्तोष राई
२. क्यानडा निवासी ताइकन्डो साफ च्याम्पिन तथा अभिनेता राज कुमार राई
३. बेलायत निवासी बरिस्ठ चलचित्रकर्मी – मनिष श्रेष्ठ
४.बेलायत निवासी बरिस्ठ निर्देशक – सनम कुमार बैराग
५. बेलायत निवासी बरिस्ठ चलचित्रकर्मी – बिनोद चिपालु
६. बेलायत निवासी कलाकार / निर्माता – प्रेम लामा
७. नेपाल बाट बरिस्ठ निर्माता – ज्योति राज राई
८.बेलायत निवासी बरिस्ठ सगीतकर्मी / निर्माता – पोपि राज राई
९. बेलायत निवासी समाज सेबी – शेखर कडेल
१०. पहिलो गुरुङ नायिका – सरु गुरुङ राना मगर
११. गायिका – बिस्नु चोम्जोम
१२ .बेलायत निवासी सिनेम्याटोग्राफर – आशिष् श्रेष्ठ
१३. नेपाल निबासी निर्देशक – प्रीतम गुरुङ
१४.बेलायत निवासी निर्माता – पशुराम राई

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.