यो हप्ता हलमा एउटा साथी भेट्न जाने होइन त ?


(सेलिब्रेटी नेपाल) काठमाडौँ
रंग पत्रकार लक्ष्मण सुबेदीले निर्देशन गरेको चलचित्र ‘एउटा साथी’यो सुक्रबार (कार्तिक २१) बाट देश भरका करिब ४ दर्जन सिनेमा घर बाट एक साथ प्रदर्शनमा आउने भएको छ। १० बर्ष लामो चलचित्र पत्रकारिता पश्चात पहिलो पटक सिनेमा निर्देशन गरेका सुवेदीले आजसम्मको सबै अनुभव समेटेर बनाएको चलचित्र हरेक कोणबाट उत्कृष्ट बनाउने प्रयास गरेको दावी गर्दै आएका छन्। उनका अनुसार सिनेमा पुर्णतः मनोरञ्जनको खुराक बनेको छ भने दर्शकले सिनेमा हेर्न खर्चेको पैसा र समयको राम्रै उपयोग हुनेछ।Salon-Basnet-Rista-basnet चलचित्र ‘एउटा साथी’मा सलोन बस्नेत,अनु शाह,रिस्ता बस्नेत,शिशिर भण्डारी,जोन तामाङ,करिष्मा श्रेष्ठ, एलिषा खड्का, रेन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
Anu-shaha-Euta-sathi सुशिल पंगेनीको कथा समेटिएको चलचित्र एउटा साथी पूर्ण मनोरन्जनको प्याकेज हो। चलचित्रमा टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी, राजेन्द्र खड्गीको द्वन्द्व र गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ। चलचित्रले युवापुस्ताको रोमान्टिक प्रेमकथालाई समेटेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.