युएईमा प्रमिलाको वेल्लीसँगै आईटम नृत्य


(सेलिब्रेटी नेपाल) काठमाडौँ
‘चितवनबाट बिभिन्न शिलशिलाला युएई पुगेहरुको साझा संगठन ‘चितवन समाज युएई’को आयोजनामा नजिकिँदै गरेको ‘अंग्रेजी नयाँ बर्ष २०१५’को छेकोमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ। चितवनका विभिन्न बिद्यालयमा अध्ययनरत ‘अनाथ तथा जेहेन्दार विधार्थीको छात्रबृत्ति, अक्षयकोष’ सहयोगको लागी आयोजना गर्न लागिएको ‘साँस्कृतिक साँझ २०१५’ नाम दिईएको यो कार्यक्रममा चर्चित लोक गायक कमल खत्री र नृत्याङ्गना प्रमिला खनालले प्रस्तुती दिनेछन्। कार्यक्रम डिसेम्वर २६ मा ईम्पेरियर सुईटस वरदुवईमा हुनेछ।
Pramila-Model-actorगायक खत्री पछिल्लो समयका व्यस्त तथा थुप्रै श्रोताहरुको मन जित्न सफल गायकमा पर्छन् । उनी पछिल्लो समयमा देश विदेशमा हुने विभिन्न कार्यक्रममा प्रस्तुती दिनमा समेत व्यस्त देखिन्छन्, भने प्रमिला नेपालकै पहिलो ‘वेल्ली डान्सर’ हुन् । आफ्नै डान्स स्कुल चलाएर वेल्ली डान्स कक्षा सुरु गर्ने तयारीमा रहेकी प्रमिला पछिल्लो समय मोडलिङमा तथा सिनेमामा पनि जम्ने सुरसारमा छिन्। सिनेमा ‘दवाव’मा आईटम डान्स देखाएकी प्रमिलाको अभिनय रहेको सिनेमा ‘अझै पनि प्रदर्शनको तयारीमा छ ।

विदेशमा हुन लागेको कार्यक्रममा आफ्नो प्रस्तुती दिन पाउँदा खुशी देखिएकी चितवने चेली प्रमिलाले आफ्नै जिल्लावासीहरुको कार्यक्रममा जन पाउँदा मन थप खुशी रहेको बताईन् । विदेशबाट धेरै नै कार्यक्रमको लागी आफर आउने गर्छ तर उद्देश्य र आफ्नो करियरमा हुने फाईदा हेरेर मात्र यो कार्यक्रममा प्रस्तुती दिने निर्णय गरेकी हुँ, प्रमिलाले भनिन्, ‘आफ्नो ठाउँबट जतिसक्दो राम्रो प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन दिनेछु ।’ प्रमिलाले यो कार्यक्रममा वेल्लीसँगै ‘दवाव’को आईटम र ‘मुजरा’ नामको नृत्य प्रस्तुत छिन् ।