चलचित्र ‘परिवार’को घोषणासँगै छायांकन सुरु


काठमाडौँ। चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो ।

मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ । यस सिनेमाको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायांकन गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।

निर्देशक थापाले यस अघि चलचित्र ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।

चलचित्र ‘परिवार’को अनाउन्समेन्ट पोस्टरमा चारजना व्यक्ति छन् । एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ । दुईवटी श्रीमती हो कि भन्ने शंका गर्न सकिन्छ । सँगै कुकुर र बिरालो पनि छन् ।

टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ । परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।

चलचित्रमा को-को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन ।

चलचित्रमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

चलचिको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ । निरज कँडेलको डिओपी रहने सिनेमामा शेर शाही क्रिएटिभ डिरेक्टर छन् ।

स्टाइल डिरेक्सन विशाखा बिक्रम थापाको रहनेछ भने सिनेमेटोग्राफी विशेष महर्जनको रहनेछ । चिफ एडी सिर्जजा भुजेल, असिस्टेन डिरेक्टर राजिव गहतराज, एक्सन डिरेक्टर एनबी महर्जन रहनेछन् । लाइन प्रोडुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन् ।

रे अफ आर्टको प्रस्तुति रहने चलचित्रमा भिसा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.