‘जनै हराएको मान्छे’को टिजरले पायो सकारात्मक प्रतिक्रिया, विजय बरालको अभिनयको चर्चा


काठमाडौँ। भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को टिजरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । छोटो समयमा १२ लाखभन्दा धेरै दर्शकले युट्युबमा हेरेको टिजरले मन छोएको दर्शकले बताइरहेका छन् ।

टिजर हेरेर युटुयुबमा आएका कमेन्टमा टिजर राम्रो रहेको प्रतिक्रिया आएको देखिन्छ । “फिल्म असाध्यै राम्रो पटकथामा आधारित छ भन्नेमा पूर्णविश्वास लागेको छ । जनै हराएको मान्छे सुपरडुपर हिट होस् । सुभेक्षा अनि शुभकामना,” टिजर हेरेर कबिन्द्र श्रेष्ठ नाम गरेका दर्शकले कमेन्टमा लेखेका छन् ।

“यस्तै सामाजिक कथा र देशका जनताको बेथा दर्शाउने चलचित्र बनाए पो चल्छ त । सम्पूर्ण टीमलाई शुभकामना,” मोहित सिरपाइली नाम गरेका अर्का दर्शकले कमेन्ट गरेका छन् ।

धेरैले विजय बरालको अभिनयको तारिफ गरेका छन् । धेरै युवाको पैसा कमाउने आकर्षक गन्तब्य बनेको कोरियोको कथा टिजरमा उठान गरेको मन पराएका छन् ।

यसरी आइरहेका प्रतिक्रियाप्रति निर्माण टिम उत्साहित छ । विषय छ र पात्र छनोटमा दर्शक सन्तुष्ट रहेकाले अब सिनेमा पनि त्यस्तै ल्याउनुपर्ने चुनौती रहेको निर्देशक हिमाल न्यौपानेले बताएका छन् । दर्शकले सिनेमा मन पराउने गरी आफूहरूले कथादेखि मेहनत गरेको उनको दाबी छ । कतार, दुवै, मलेसियाका धेरै कथा आइरहेका बेला कोरियाको कथा आउँदा प्रतिक्रिया हेर्दा यसले पनि उत्साह दर्शका थपेको निर्देशक न्यौपानले बताउँछन् ।

हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।

चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको चलचित्रमा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।

अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । विजयले सोमवार ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र अवार्ड समेत पाएका छन् ।

विसं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.