नायक भुवनले गरे जेरिको प्रशंसा (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सदाबहार नायक भुवन के.सी.आफ्नो छोरा अभिनित चलचित्र जेरिको प्रोमोसनमा खटि रहेका छन्। नेपाली चलचित्रका कलाकारहरु छायांकन पछी प्रोमोसनमा समय दिंदैनन भन्ने गुनासो बेला बेलामा निर्माता तथा निर्देशकको मुख बाट सुन्न पाइन्छ। यति बेला आफ्नो छोरा अभिनित दोस्रो चलचित्र जेरिको प्रोमोसनमा भुवन लाग्नु स्वाभाविक पनि हो। एउटा मात्र चलचित्र होस्टेल बाट सफल बनेका र थुप्रै प्रशंसक कमाएका अनमोलको छबी जोगाई राख्नको लागि दोस्रो चलचित्र बाट पनि सफलता मिल्नु जरुरि छ। आज जेरी युनिटले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुवनले छोरा अनमोल र जेरिको प्रशंशा गरे ‘अहिलेको समयमा नेपाली चलचित्र बनाउनु र चलाउनु भनेको फलामको चिउरा चपाउनु जस्तै हो यस्तो समयमा निर्माताले चलचित्रमा लगानी गर्नु र मुस्तांग पुगेर चलचित्रको छायांकन गर्नु सार्है जोखिम पूर्ण काम हो जेरी राम्रो बनेको छ दर्शकले मन पराउने छन्’ भुवनले भने।
Bhuwan-kc-Anmol-kc भिडियो हेर्न यहाँ क्लिक गर्नुस >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
मुस्ताङको रमणीय दृश्यमा छायांकन भएको चलचित्र जेरी आउदो कार्तिक २८ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। जेरीको कथा लेखन पनि स्वयम् निर्देशक विसीकै रहेको छ। चलचित्रमा अनमोल केसी,एन्ना शर्मा,एमलिया शर्मा,अभिषेक मान शेरचनको मुख्य भूमिका रहेको छ। मनोज शेरचनले निर्माण गरेको चलचित्रमा नरेन लिम्बुको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.