मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ प्रतियोगीहरुको नामावली सार्वजनिक


काठमाण्डौँ । विगत ८ बर्ष देखि अमेरिकाको न्यूयोर्कमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिकाको यसपालिको संस्करणको अन्तिम १९ प्रतियोगीहरुको नामावली सार्वजनिक भएको छ ।

आयोजक आयोजक संस्था ड्रिम्स युनिभर्सल एल.एल.सी.का प्रमुख कार्यकारी सैलेन्द्र श्रेष्ठका अनुसार यो बर्ष प्रतिष्पर्धीहरुको सहभागिता रोचक हुने देखिए छ जहाँ सवै प्रतियोगिहरु टाइटल जित्ने गरी प्रतिष्पर्धामा उत्रिदैछन ।

नेपाली मिति अनुसार आगामी साउन १७ गते अर्थात अगष्ट २ तारिखका दिन न्यूयोर्क स्थित मेलरोज बालरुममा आयोजना हुन लागेको यो सौन्दर्य प्रतियोगितामा जजको भूमिकामा भने नेपालबाट अभिनेताद्धय प्रदीप खड्का र अनुप विक्रम शाही तथा अभिनेत्री तर्फ आँचल शर्मा र नीति शाह सहित यस कार्यक्रमका प्रमुख प्रायोजकका रुपमा रहेको हेल्दी च्वाइस एस्थेस्टिकका डा. उदीप श्रेष्ठ रहनेछन । यसैगरी कोरियोग्राफरका रुपमा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ रहनेछिन । यि बाहेक अन्य लोकप्रिय सेलिब्रेटीहरुको उपस्थिती पनि यो प्रतियोगितामा रहने छ ।

आयोजक प्रमुख सैलेन्द्र श्रेष्ठका अनुसार यस पटक सवै भन्दा धेरै टेक्सास राज्यबाट ७ जना अन्तिम १९ को सूचिमा पर्न सफल भएका छन भने न्यूयोर्कबाट ४ जना, कोलोराडोबाट २ जना र अन्य ६ वटा राज्यबाट १–१ जनाको सहभागिता रहनेछ । यो प्रतियोगितामा विजेता हुने प्रतियोगिले २०२६ मा नेपालमा हुने मिस नेपालको फाइनल राउन्डमा डाइरेक्ट ईन्ट्री पाउने छ । जसको नामावली यस प्रकार छ ।

१. आर्या आचार्य : पेन्सिल्भेनिया
२. अमिशा भण्डारी : न्युयोर्क
३. आर्या कोइराला : टेक्सास
४. विना श्रेष्ठ : जर्जिया
५. दीपा गुरुङ : कोलोराडो
६. दिया श्रेष्ठ : न्युजर्सी
७. हरा सुवेदी : न्युयोर्क
८. कृश्मा सुवेदी : टेक्सास
९. कुष्मिता खड्का : टेक्सास
१०. कुसुम तिमल्सिना : टेक्सास
११. मिङ्मा वाई. शेर्पा : कोलोराडो
१२. मुनाका बिष्ट : टेक्सास
१३. नविना लिम्बु : न्युयोर्क
१४. प्रतिमा श्रेष्ठ : टेक्सास
१५. सब्बु बजिमाया : भर्जिनिया
१६. संस्कृती पाण्डे : कनेक्टिकट
१७. सरिता तामाङ : न्युयोर्क
१८. स्नेहा उपाखेती  : टेक्सास
१९. सुश्जिता पौडेल : मिनेसोटा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.