चन्द्रावती र मेरो जीवन साथी संगै चलचित्र हल मा प्रवेश



सेलेब्रिटी नेपाल मंसिर १५ – चलचित्र मेरो जिबन साथी र चन्द्रावती देशभर एक साथ लाग्ने भएका छन् । मेरो जिवन साथी नव निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार भएको हो भने चन्द्रवतीनिर्देशक राजु गिरी को निर्देशन मा तयार भएको हो।नायिका शशी र निर्माण पक्ष् बीचमा यौन दृस्यक कारण बिबाद भएको चलचित्र ‘चन्द्रावती’ ऐतिहासीक विषयवस्तु माथि निर्माण गरिएको चलचित्र हो। राजेश हमाल, शशी खड्का, यूना उप्रेती, आयुष रिजाल लगायतको यसमा अभिनय छ । सेन्सर वोर्डले ‘एडल्ड’ सटिफिर्केट दिएको यस चलचित्र सञ्जय बुलनको निर्माण गरेका हुन् ।

एउट सुन्दर माया प्रेमको कथालाई बिषय बस्तु बनाईएको चलचित्र ‘मेरो जिवन साथी’अडियो भिडियो एल्बमको उत्पादन र वितरण गर्दै आएको यमन म्युजिकले पहिलो पटक निर्माण गरेको चलचित्र हो। चलचित्रका निर्माता सुर्य कार्की रहेका छन् । चलचित्रमा पटकथा सामीप्य तिमलसिना, संगीत अर्जुन पोखरेल, छायांकन रामेश्वर कार्की र द्वन्द्व हिमाल केसीको छ । राजेश हमाल, रेश मरहठ्ठा, सुष्मा कार्की, रागिनी खड्गी, शिवन पोखरेल, लुसन खान, काजी श्रेष्ठ, सुपी थापा, विष्णु सापकोटा लगायतका कलाकार मुख्य भूमिकामा छन् । दुवै चलचित्र का संगीतकार अर्जुन पोखरेल हुन् । राजु गिरि को निर्देशन रहेको तेश्रो चलचित्र हो भने दिवाकर भट्टराई को पहिले डेब्यु चलचित्र हो दुवै मा माया प्रेम कै बिसयमा बढी केन्द्रित रहेका छन् कुन चलचित्रलाई दर्शक ले रुचाउ ने हुन् केहि दिन पछि रिजल्ट आउनेछ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.