‘यो मन त मेरो नेपाली हो’ टिम पुर्वका दर्शक भेट्न दमकमा


काठमाडौं। शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकले मन पराएका छन् । चलचित्र हेरेर निस्किएका दर्शकले चलचित्रको खुलेरै तारिफ गरेका छन् । चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्ने पर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।

दर्शक भेट्न चलचित्रका कलाकारहरु रोशन श्रेष्ठ,बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पुर्वको बिभिन्न हलमा पुगेका छन् । दमकमा चलचित्र हेर्ने दर्शक बढे संगै प्रतिक्रिया लिन चलचित्र युनिट पुर्व पुगेको हो । आइतवार बेलुका दमकको डी म्याक्स हलमा कलाकार पुग्दा हलमा हाउसफुल दर्शक थिए । चलचित्र हेरेर निस्किएका दर्शकले मन छुने चलचित्र बनेको भन्दै चलचित्र हेर्दा धेरै ठाउँमा भावुक बनेको बताए ।

‘यो मन त मेरो नेपाली हो’ हेर्न पुगेका चर्चित युटुबर भाग्य न्यौपानेले चलचित्रले आफ्नो मन छोएको र निकै सुन्दर चलचित्र बनेको प्रतिक्रिया दिए । बिशेष गरेर भुटानी नेपाली शरणार्थीहरूले चलचित्र हेरेर पछि आफुलाई पुरानो दिनको याद गरेको भन्दै भक्कानिदै रोएका थिए ।चलचित्र हेरे पछि धेरै दर्शक हलमा नै रोएका थिए । निर्देशन मित्र प्रधानले दर्शकबाट उत्कृस्ट प्रतिक्रिया आउदा आफुलाई हौसला मिलेको बताए ।

चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका रहेको छन्। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.