शिरीषको फूल’ बाट रंगमञ्चमा सनिशा भट्टराईको प्रवेश


काठमाडौँ। पारिजातको चर्चित कृति ‘शिरीषको फूल’ मा आधारित नाटकमार्फत अभिनेत्री सनिशा भट्टराई पहिलोपटक रंगमञ्चमा देखिने भएकी छन्।

कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटकमा उनले प्रमुख पात्र सकम्बरीको भूमिका निर्वाह गर्दैछिन्। नाटकमा उनको अपोजिटमा दशकअघि नेपाली फिल्ममा सक्रिय रहेका अभिनेता जीवन लुइँटेल रहनेछन्। उनले सुयोगवीरको भूमिका निभाउनेछन्। जीवन अमेरिकाबाट नाटकको तयारीका लागि चाँडै नेपाल आउने बताइएको छ।

नाटकको कार्यशाला सुरु भइसकेको छ, र साउनको पहिलो साताबाट मञ्चन सुरु हुने तयारीमा छ। नाटकको निर्देशन कान्तिपुर फिल्म एकेडेमीको बिद्यार्थी पत्रीका घिमिरेले गर्दैछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.