विल्सनको ‘मैझारो’ मा धिरजपछि मिरुना अनुबन्धित


काठमाडौं। विल्सन विक्रम राईको निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा मिरुना मगर अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले हालै अनुबन्धित गरेको हो। यसअघि निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गरेको थियो।

फिल्ममा धिरज र मिरुनाका अलवा अन्य कलाकारहरुको भने टुङ्गो लागेको छैन। निर्माण पक्षले केहि दिनमा नै अरु कलाकारहरुको टुङ्गो लगाउने जानकारी दिएको छ। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मलाई निर्देशक तक्मेबुढाले नै लेखेका हुन्। उनको यो डेब्यु लेखन तथा निर्देशन हो।
यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ।

साउनको पहिलो हप्ताबाट छायांकन हुने यो फिल्मलाई ईलाम र पाँचथरका रमणीय स्थानहरूमा सौरभ लामाले खिच्ने छन्। सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा निर्माण हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.