‘जहाजैमा’को प्रदर्शन मिति तय, फागुन १ देखि रिलिज हुने


काठमाडौँ । फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।
फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।
कृषा चौलागाइको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।
यो फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ ।
भदौबाट यो फिल्मको छायांकन जापानमा सुरु हुनेछ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम तिव्र रुपमा अगाडि बढिरहेको छ ।
उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो ।
फिल्मलाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ ।
फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.