‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित


काठमाडौं । अन्तरजातिय प्रेमकथामा निर्माण हुने तयारीमा रहेको चलचित्र ‘जदौ’ मा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच शनिबार राजधानीमा सम्झौता भएको हो ।

काजी लिम्बूको लेखन रहेको फिल्मको प्रमुख एक अभिनेतामा यस अघिनै मुकुन भुसाल र अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी,ओम चेम्जोङ,शान्ता तामाङ र नारायण शास्त्री छन् । चलचित्रलाई भदौको पहिलो साताबाट दाङ तथा प्युठान जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.