‘यो मन त मेरो नेपाली हो’ शीर्षक गीत सार्वजनिक, देशप्रेम झल्किने भव्य दृश्य


काठमाडौं। आगामी असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्षक गीत सार्वजनिक गरिएको छ। देशभक्ति भावना भरिएको यो गीतमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल, बुद्धि तामाङ र मित्र प्रधानको अभिनय देख्न सकिन्छ।

गीतमा शंकर अधिकारी घायलको शब्द, विकास चौधरीको संगीत र कमल रसाइलीको स्वर रहेको छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार पारिएको गीतमा २०० भन्दा बढी राष्ट्रिय झण्डाहरूको प्रयोग गरिएको छ, जसले दृश्यलाई अझ सशक्त बनाएको छ।

पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रका प्रस्तुतकर्ता मित्र प्रधान हुन् भने निर्माण ज्ञानबहादुर प्रधान ‘रोशन’ ले गरेका हुन्। चलचित्रमा नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स तथा कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ। बनिश शाह सम्पादक हुन् भने सत्यम रानाले सिजिआई कार्य सम्हालेका छन्।

चलचित्रमा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको संगीत समावेश छ। गीतहरूमा दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलका शब्द छन् भने खैजडी गीतका लागि अनिश अधिकारीले शब्द संकलन गरेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.