सुक्रबारबाट प्रदर्शनमा आउन लागेको सरि ल प्रेस शो


(सेलिब्रेटी नेपाल) काठमाडौँ
आगामी शुक्रबार अर्थात् कार्तिक २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरी ल’ को आज राजधानी स्थित बिग सिनेमामा प्रिमियर शो सम्पन भएको छ। केहि समय अघि रिलिज भएका चलचित्रहरुले प्रदर्शन पश्चात मात्र संचारकर्मी लाई सिनेमा देखाउने गरेका थिए ‘सरि ल’ ले प्रदर्शनको अगाडि नै प्रेस शो को आयोजना गरेको हो। चलचित्र हेरेका संचारकर्मी हरुले नेपाली चलचित्रका निर्माता तथा निर्देशकहरु अझै परिपक्व भइ नसकेको कुरा बताए। ‘चलचित्र हेर्न बोलाऊछन् र आफुलाई मन परेन भनेर भन्यो भने रिसाउछन्’ केहि संचारकर्मीले सेलिब्रेटी नेपाललाई प्रतिक्रिया दिंदै बताए। कुनै पनि चलचित्र सबै लाइ मन पर्छ भन्ने छैन तर नेपाली चलचित्र निर्माता तथा निर्देशक हरुले सामान्य कुरामा पनि गल्ति कमजोरी देखिने गरि काम गर्नु भएन।
Sorry-la-poster
चलचित्रलाई निर्देशक ऋषि लामिछाने निर्देशन गरेका हुन्। त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्र ‘सरी ल’ मा सुवास थापा, राजन अतिवडा र अनिता आचार्यको मुख्य भूमिका रहेको छ। चलचित्रमा अन्जु केसीको कथा, शिवम अधिकारीको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाँकन, बसन्त सापकोटा र शैलेस श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्धन्द निर्देशन, रबिन्द्र खड्काको सम्पादन र बब्बु थापाको कोरियोग्राफी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.