बैशाख २५ मा होस्टेल रिटर्न्स


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पहिको चलचित्र ‘सायद’ बाट सफल निर्माताको परिचय बनाएका सुनिल रावल लाई चुनाती थियो दोस्रो चलचित्र पनि सफल गराउन उनि दोस्रो चलचित्र ‘होस्टेल’बाट पनि सफल बने अनि नेपाली चलचित्र उद्योगमा छुट्टै स्थान बनाउन सफल बने उनै निर्माता सुनिल रावलको तेस्रो चलचित्र ‘होस्टेल रिटर्न्स’को रिलिज मिति घोषणा भएको छ। बैशाख २५ गते (मे ८ तारिख)मा देशब्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ।
Sunil-Rawal
सम्पूर्ण छायांकन बुटवलमा गरिएको चलचित्रको हाल सम्पादन भइरहेको छ। सुरज भुषाल निर्देशित चलचित्रले छात्रावासको जीवनशैली, बसोबास गर्ने विद्यार्थीबीचको मतमतान्तरको कथा पेश गर्छ। सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय छ। हरि हुमागाइँको क्यामेरा, अष्ट महर्जनको एक्सन, गोविन्द राईको नृत्य निर्देशन तथा सुरज भुषाल एवं सन्तोष लम्सालको पटकथा रहेको चलचित्रमा स्वप्नील आचार्यको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.