र्याप गीतमा आमाको महत्व (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
र्याप गीत भन्ने बित्तिकै हा हो भन्ने मात्रै बुझिन्छ। निराजन तिमल्सिनाले गाएको आमा बोलको र्याप गीत निक्कै नै मार्मिक र भाबुक बनेको छ। र्याप गीत पनि जीवन्त बन्न सक्छ भन्ने उदाहरणको रुपमा यस गीतलाइ लिन सकिन्छ। केहि शर्ट फिल्महरु र माण्डपिका कला समुह बाट रंगमंचका केहि नाटक हरुमा अभिनय गरि सकेका दिपेश घिमिरे पहिलो पटक म्युजिक भिडियोमा जीवन्त अभिनय गरेका छन्।
dipesh-ghimire
संजिप राइले निर्देशन,छायांकन र सम्पादन गरेको भिडियो लाइ संग्स नेपालले बजारमा ल्याएको छ। दिपेश संगै रेनुका र सुबोधको अभिनय रहेको भिडियोमा आमा र छोराको सम्बन्धलाई देखाउन खोजिएको छ।