‘यो मन त मेरो नेपाली हो’ को टाइटल गीत छायाङ्कन


काठमाडौँ। असार २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीतको छायाङ्कन सम्पन्न भएको छ। देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्मको टाइटल गीत सोमबार जरसिंह पौवास्थित साँगा चोकमा छायाङ्कन गरिएको छ । विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको स्वर रहेको गीतले फिल्मको कथावस्तु दर्साउँछ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानलगायतको अभिनय छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झन्डाको प्रयोग गरिएको छ ।

फिल्मको केही दिन अघि अमेरिकाको ओहायो र पेन्सिलभेनिया राज्यमा विशेष प्रदर्शन गरिएको थियो । पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञानबहादुर प्रधानले निर्माण गरेका हुन् । शिवम् अधिकारीको पटकथा रहेको फिल्म मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.