बागमती नेपाली र दक्षिण भारतीयको संयुक्त प्रोजेक्ट


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Rajesh-hamal-keki
नेपाली चलचित्रको बजार अब फराकिलो बन्दै छ बार्षिक १०० भन्दा बढी चलचित्र बन्ने नेपाली सिनेमा उद्योग अब प्राबिधिक रुपले पनि अब राम्रो बन्दै जान थालेको छ। दक्षिण भारतिय प्राविधिक र प्रविधी प्रयोग गरि छायांकन गरिएको नेपाली चलचित्र ‘बागमती’ को राजधानिमा शनिबार एक कार्यक्रमका बीच चलचित्रको इन्क्ल्याप गरियो। छायांकनको करिब ४५ दिन पश्चात चलचित्रको इन्क्ल्याप गरियको। नेपाली कथा,नेपाली कलाकार,भारतीयको पटकथा र निर्देशनमा तयार भएको चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक,पारिवारिक र सन्देशमुलक भनिएको छ। कार्यक्रममा महानायक राजेश हमालले चलचित्रको बारेमा बोल्दै ‘कसैको राम्रो जिन्दगीमा कुनै बखत दाग लाग्ने अवस्था लाग्यो भने कस्तो कस्तो असर पर्छ, हो त्यस्तै किसिमले यो सिनेमामा पनि कुनै समयको राम्रो अनि सफा बागमती नदीको अहिले को प्रदुषित अबस्थाको बारेमा जानकारी र यसले पर्ने प्रभावको बारेमा चिनाउने प्रयास गरिएको छ’ भने ।
Bagmati-poster
दक्षिण भारतिय प्राविधिक र प्रविधी प्रयोग गरि छायांकन गरिएको यस चलचित्र लाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ। चलचित्रलाई सन्नी(केरला)ले निर्देशन गरेका हुन्। चलचित्रमा महानायक राजेश हमाल, नायक शिब श्रेष्ठ,मुकुन्द श्रेष्ठ, केकी अधिकारी, ध्रुब कोइराला, कन्चन ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ। दक्षिण भारतको चेन्नाई स्थित सिने सर्भिसको जेमिनी स्टूडियोमा सम्पादन गर्ने बताईएको यस चलचित्रलाई माघे संक्रान्तीको छेकोमा प्रदर्शन गर्ने लक्ष्यमा निर्माण पक्ष रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.