रेखा थापाको चलचित्र ‘उपहार’ युट्युबमा रिलिज


काठमाडौँ। अभिनेत्री रेखा थापा प्रस्तुतकर्ता रहेको चलचित्र ‘उपहार’ युट्युबमा सार्वजनिक गरिएको छ। २०८० सालको फागुनमा सिनेमा हलमा रिलिज भएको चलचित्र शुक्रबार ओएसआर डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो चलचित्रमा रेखासहित बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्कीलगायत कलाकारहरूको अभिनय छ। निर्माता शुलभ प्रतीक र समीक्षा देउजा हुन्। ‘उपहार’ले ३ महिला पात्रको कथालाई प्रस्तुत गरेको छ ।

रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.