जापानीज नायिकासहित निर्देशक कृषा चौलागाइको ‘जहाजैमा’, नेपाल–जापान सम्बन्धमा केन्द्रित फिल्म


काठमाडौ। निर्देशक कृषा चौलागाइले नयाँ फिल्म ‘जहाजैमा’मा साइन गरेसँगै यसको चर्चा खुबै छ । कृषाले जापान पुगेर यो फिल्मको निर्देशन गर्ने संझौता गरेकी थिइन् । हाल उनी प्रि–प्रोडक्सनको काममा धमाधम लागिरहेकी छिन् ।

फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ । फिल्मको निर्माणपक्षले फिल्मकी मुख्य नायिकाको नाम सार्वजनिक गरेको छ ।

यो फिल्ममा जापानीज नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको हो । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् ।

सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोष्टर हेर्दा यो फिल्म एउटा फिल्म मात्र नभएर नेपाल र जापानविचको भावनात्मक पुलको रुपमा अगाडि आउने विश्वास गर्न सकिन्छ ।

निर्देशक चौलागाइले यसपटक फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् । यो फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।

फिल्ममा जापानीज नायिका हुने पक्का भएपनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाइले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन्।

रजेल जापनमा सक्रिय रुपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । उनलाई नेपाली फिल्ममा भित्राउनु आफैमा नयाँपन हो । यसले नेपाली फिल्मको अन्तरराष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.