हनी सिंह बिरामी दुइ महिना गीत गाउन नमिल्ने


(सेलिब्रेटी नेपाल) दिल्ली
युवा ढुक ढुकी र्‍यापर हनी सिंहले विगत दुई वर्षदेखि एक पछि अर्को हिट गीत दिइरहेका छन्। जसका कारणले गर्दा बलिउडमा उनको अत्याधिक माग छ। हनीका फ्यान हरुलाई दुखद खबर उनि अहिले बिरामी छन्। उनलाई कामको चाप छ तर हाल उनी बिरामी भएका छन जसका कारणले गर्दा चिकित्सकले उनलाई आराम गर्ने सल्लाह दिएका छन। हनीले अबको दुइ महिना कुनै पनि काम गर्न मिल्ने छैन।
Honey-Singh
चिकित्सकहरूले हनि सिंहलाई लगातार काम गरिरहनु श्वास्थ्यका हिसाबले हानिकारक हुने बताएका छन। उनिहरूले दुई महिना आराम नगरे गम्भिर समस्या आउने चेतावनी दिएका छन। हनि हाल आफ्नी पत्निसँग दिल्लीमा छन्। उनकी पत्नी शालिनीका अनुसार हनीलाई गत जुलाईदेखी शारीरिक धपेडी भइरहेको छ। हनि सिंहलाई ब्लड प्रेसर र मुटुको चालमा समस्या रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.