पनौतीमा चलचित्र साक्षरता कार्यक्रम, ३८० विद्यार्थीको सहभागिता


काठमाडौँ। काभ्रे इङ्लिस माध्यमिक विद्यालय, पनौतीमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। चलचित्रसम्बन्धी चेतना, जानकारी र बुझाइ विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ३८० विद्यार्थीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएका छन्।

चोया डिजिटल सोलुसनको आयोजना र सेलिब्रेटी नेपालको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडाको सहकार्यमा गरिएको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई चलचित्रको उत्पत्ति र इतिहास, निर्माण प्रक्रिया, सामाजिक प्रभाव तथा सिने साक्षरताको महत्वबारे जानकारी दिइयो। दृश्य–श्रव्य सामग्रीमार्फत प्रस्तुत गरिएको प्रशिक्षणले विद्यार्थीमा गहिरो चासो र जिज्ञासा जगाएको थियो।

आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रमले युवा पुस्तामा सृजनात्मक सोच र विश्लेषण क्षमताको विकासमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।