काठमाडौं। निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ। दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो।
निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन। निर्देशक थापाले दश वर्षअघि फिल्म ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झिएका छन्।
उनले त्यो समयमा प्रेम गीतले धेरै कलाकार तथा प्राविधिकहरु लाई करियरको उचाईमा पुर्याएको स्मरण गरे, त्यसमध्ये एक हुन् अहिलेका स्टार नायक प्रदीप खड्का॥ हुन पनि ‘प्रेमगित’ लाई एउटा उदाहरणिय प्रेमिल चलचित्र मान्न सकिन्छ। यो चलचित्र सबै वर्गका दर्शकहरुको मन जित्न सफल भएको थियो।
अब निर्देशक थापा र अभिनेता खड्का लाई प्रेमगित भन्दा सफल चलचित्र बनाएर फेरि एकचोटी दर्शकहरुको मन जित्नु पर्ने चुनौति भने पक्कै छ।त्यसो त प्रेम कथामा आधारित चलचित्र बनाउन निर्देशक थापा सफल पनि छन् भने लवर व्वाई भुमिकामा अभिनेता खड्का पनि रुचाईएका छन्।
अहिले बन्न लागेको चलचित्र ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो। यो चलचित्रले समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्व लाई चलचित्रमा दर्शाउने छ, निर्देशक थापा भन्छन। यो फिल्मका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन।
चाडै नै अभिनेत्री लगाएत सम्पूर्ण कलाकार तथा प्राविधिक फाईनल गरि छायांकनमा जाने तयारि गरिएको जानकारी प्राप्त भएको छ। निर्देशक थापाको प्रेमकथामा आधारित सफल निर्देशकिय चलचित्र हरु ‘मेरो एउटा साथी छ’, ‘प्रेमगित’ ‘म यस्तो गित गाउछु’ आदि हुन्।
अर्घाखाँची। चलचित्र प्रेमी दर्शकलाई लक्षित गर्दै अर्घाखाँचीमा अत्याधुनिक सुविधा सम्पन्न चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा आएको छ। नयाँ चलचित्र भवन सञ्चालनमा आएसँगै जिल्लाका दर्शकले आफ्नै क्षेत्रमा स्तरीय र सुविधासम्पन्न...
सेलिब्रेटी नेपाल । चलचित्र ‘अक्षरा’ असोज २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिसेष परिस्थितिका कारण प्रदर्शन स्थगित गरेको चलचित्र अब असोज २३ बाट प्रदर्शनमा आउने भएको हो। २ घण्टा १४ मिनेट लम्बाइ रहेको चलचित्रले सेन्सर बोर्डबाट...
काठमाडौँ। असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर हलबाट दर्शक रुँदै निस्किएका छन् । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई...
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘आचार्य’ शुक्रबारदेखि देश तथा विदेशका हलमा प्रदर्शनमा आएको छ। निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मले भारी वर्षाका बीच पहिलो शोबाट प्रदर्शन यात्रा सुरु गरेको छ। काठमाडौं उपत्यकासहित...