चलचित्र ‘जारी २’ को छायाँकन सम्पन्न


काठमाडौँ। उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो सिनेमा ‘जारी २’को छायांकन सकिएको छ । सम्पुर्ण छायांकन पाँचथरमा गरिएको सिनेमाको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो । छायांकन गरिएको जानकारी दिँदै निर्माण कम्पनी बाँसुरी फिल्मस्ले सिनेमा आगामी बडादशैंको अवसरमा रिलिज हुने जानकारी दिएको छ ।

दशैंमा रिलिज हुने भनिए पनि कुन मितिमा रिलिज हुन्छ भन्ने निर्माण टिमले खुलाएको छ । छायांकन सकिएसँगै निर्माण टिमले सिनेमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ ।

यो सिनेमाको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहको छ । कवी सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो । निर्माण घोषणासँगै ‘जारी २’ दर्शकको प्रतिक्षामा छ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । सिनेमामा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.