काठमाडौं फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल


काठमाडौं । चर्चित फेसन शो ‘काठमाडौं फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ। यस विषयमा आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो।

फेसन डिजाइनरहरूको समूह ‘फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल’ले गत वर्षदेखि वार्षिक दुई पटक ‘काठमाडौं फेसन वीक’ आयोजना गर्दै आएको छ। यस फेसन शोले संस्कृति र परम्परालाई विशेष जोड दिँदै पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नेपाली डिजाइन र मोडलहरूको मात्र सहभागिता रहने यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली डिजाइनरहरूलाई सहयोग र प्रवद्र्धन गर्नु हो।

नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यसपटकबाट ‘काठमाडौं फेसन वीक’लाई नेपालकै सबैभन्दा भव्य फेसन शो बनाउने योजना रहेको बताए। “हामीले गर्दै आएको कामको गुणस्तरलाई हेरेर एफडीसीले यो जिम्मेवारी दिएको हो,” धमलाले भने, “कार्यक्रमलाई उत्कृष्ट बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ।”

नेक्स्ट मोडल्स नेपालले यसअघि ‘मिस्टर नेपाल’, ‘मोडल हन्ट नेपाल’, ‘मिस नेपाल पिस’ र ‘डिजाइनर्स रनवे’ जस्ता प्रतिष्ठित कार्यक्रमहरू आयोजना गरिसकेको छ।
‘काठमाडौं फेसन वीक’को आगामी सिजनबारे केही दिनपछि एक भव्य कार्यक्रममार्फत औपचारिक घोषणा गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.