काठमाडौँ। आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव २०८२’ हुने भएको छ। आइतवार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था आदिवासी जनजाति चलचित्रकर्मी महासंघले जानकारी दिएको हो। महोत्सव यहि असार ६ देखि ८ गते सम्म चलचित्र विकास बोर्डको हलमा सम्पन्न हुनेछ।
महोत्सवमा बिभिन्न भाषाभाषिका १९ वटा चलचित्रहरु प्रदर्शन गरिने महोत्सव निर्देशक प्रतिमाया पुन मगरले जानकारी गराइन। महोत्सवमा विभिन्न ८ विधामा अवार्ड समेत प्रदान गरिनेछ। ‘आदिवासी जनजाति चलचित्रको प्रवर्दन,मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ यस बर्षको महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न हुने आयोजकले बिस्वाश लिएको छ।
,