यस्तो छ हवल्दार सुन्तलीको पहिलो मुहार


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली सिने जगतका खेलाडी मानिने निर्माता छविराज ओझाको आफ्नै ब्यानर छविराज प्रोडक्सनबाट निर्माण भएको चलचित्र ‘हवल्दार सुन्तली’ को फष्ट लुक पोष्टर सार्बजनिक गरिएको छ। प्राय जसो ठुला चाड पर्ब तथा नयाँ बर्षको समय पारेर आफ्नो चलचित्र प्रदर्शन गर्न माहिर निर्माता छबिको चलचित्र नयाँ बर्ष २०७२ लाई टार्गेट गरेर आउँदो चैत्र २७ गते प्रर्दशन गरिने भएको छ।
Hawldar-suntali-poster पहिलो चलचित्र लज्जा बाट राम्रो प्रतिकृया पाएकी नायिका शिल्पा पोखरेलको मुख्य भूमिका रहेको ‘हवल्दार सुन्तली’ यथार्थ घटनामा बनाईएको निर्माता छविराज ओझाले बताएका छन्। ऋषि लामिछानेले निर्देशन गरेको चलचित्रमा शिल्पासँगै किशोर खतिवडा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ। आफ्नै सहकर्मीबाट बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यस चलचित्र संगै नायक विनय श्रेष्ठले निर्माण तथा प्रणब जोशीले निर्देशन गरेको चलचित्र ‘रेशम फिलिली’ एकै दिन बाट प्रर्दशनमा आउने भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.